Logo

मन्त्रिपरिषद बैठक सुरु



काठमाडौं, १० बैशाख । आज विहान बस्ने भनिएको मन्त्रिपरिषद बैठक अहिले सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटन जानु परेकोले बैठक ढिला सुरु भएको हो । बैठकले हिजो शनिबार सरकार र मधेशी मोर्चा आवद्ध राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धनवीच भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधन प्रस्ताव परिमार्जनसहित अघि बढाउनेबारे निर्णय लिने बुझिएको छ ।

बैठकमा वरिताक्रमको विवादका कारण मन्त्रिपरिषदको बैठक बहिष्कार गर्दै आएको उपप्रधानमन्त्री विमलेन्द्र निधिको पनि उपस्थिति रहेको छ ।



प्रतिक्रिया दिनुहोस्