Logo

चार वटा प्रदेशमा जेठ ३१ गते दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय



काठमाडौं, १० बैशाख । मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । आईतबार अपरान्ह ढिलो गरि बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश नम्बर १, २, ५ र ७ मा जेठ ३१ गते दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले बैशाख ३१ गते नै पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तैको लागि मनोनयन तथा अन्य तयारीको लागि मोर्चालाई केही समय दिनु पर्ने भएकोले उम्मेद्धवारी मनोनयन लगायतको मितिलाई केही पर सार्ने समेत बैठकले निर्णय गरेको छ ।

त्यस्तै संविधान संशोधन प्रस्तावमा भाषाको सवालमा संविधानको धारा ७ लाई उपधारा ३ मा ल्याईएको र ३ को प्रावधानलाई ४ मा ल्याईएको छ ।

त्यस्तै सिमांकनको समस्या हल गर्नको लागि समावेशी–समानुपातिक संघीय आयोग गठन गर्ने भनेर परिमार्जन गरिएको छ । त्यस्तै प्रदेश सभाको सिमांकन प्रदेश सभाको सामान्य परामर्श बाट गराउने, परिमार्जित प्रस्तावलाई फाष्ट ट्याकबाट पारित गराउने निर्णय आजको बैठकले गरेको छ ।

संशोधन प्रस्ताव सदनबाट पारित भएपछिमात्रै आयोग गठन गर्ने निर्णय सरकारले गरेको छ । त्यस्तै आन्दोलनरत मधेशी मोर्चालाई सबै आन्दोलनका कार्यक्रमहरु स्थगन् गरेर निर्वाचनमा भाग लिनको लागि पनि बैठकले आह्वान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्