Logo

दशगजामा भारतले लगायो तारबार



काठमाडौं ११ बैशाख । भारतीय पक्षले इलामको पहिलेको पशुपतीनगर-४ फाटक, हालको सुर्योदय नगरपालिका-२ र राङवाङ ग्राम पञ्चायतको बीचमा रहेको दशगजा क्षेत्रमा ‘गुम्बा मर्मत’ गर्ने भन्दै पक्कि निमार्णको काम अन्तिम चरणमा पुगेको बेलामा पशुपती नगरकै अर्को स्थानमा सिमा मिचेर भारतीय पक्षले घेराबारा गर्ने तयारी गरेको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

सिमा प्रशासन कार्यालय पशुपतीनगरका प्रमुख मोहन पनेरुले दशगजामा घरबारा रोकन माग गरेपनि भारतीय पक्षले लिखित पत्रको माग गरेको जानकारी दिए । उनले दशगजनामा घराबारा शुरु गरेपछि काम रोक्न एसएसवीको स्थानीय प्रमुखलाई आग्रह गरेको बताए । भारतीय पक्षले पत्र नपाए सम्म काम नरोक्ने जवाफ दिएको उनले बताए ।

पहिलेको पशुपतिनगर ५मा पर्ने हालको सुर्योदय नगरपालिका २ मा पर्ने टासीगाउँमा रहेको एसएसवीले सो स्थानमा रहेको नेपाली भुमि मिचेर तारवारा गर्नलागेको सांसद लिलादेवि श्रेष्ठले बताए । श्रेष्ठका अनुसार भारतीय पक्षले दशगजा क्षेत्र मिचेर आठ दशवटा पिल्लरका लागि खाडल खन्ने काम गरेका छन्।



प्रतिक्रिया दिनुहोस्