Logo

जहाँ छात्राले दिनभरि शौच रोक्छन्



काठमाडौं ११ बैशाख । ‘एसइई (कक्षा १०) को परीक्षा सञ्चालन भइरहेकै बेला दुई छात्राको रजस्वला भयो । स्कुलले प्याड उपलब्ध गराउन सकेन । परीक्षा सकिएपछि लाजले ती छात्रा कक्षा कोठाबाट बाहिर निस्कन सकेनन्। परीक्षा केन्द्रका सबै विद्यार्थी शिक्षक र कर्मचारी हिँडेपछि मुस्किलले उनीहरु घर जान सके। यहाँका स्कुलले प्याडको व्यवस्था गर्दैन, त्यसैले परीक्षा नियन्त्रण कार्यालयले व्यवस्था गरिदिनुपर्छ’, बैतडीका विद्यालय निरीक्षक शंकरदक्त जोशीले अभिव्यक्त गरेको भनाइ हो यो। यो खबर हामीले आजको गोरखापत्रबाट

उनको अभिव्यक्तिबाट बैतडीका सामुदायिक विद्यालयका शौचालको अवस्थाबारे सहजै अनुमान लगाउन सकिन्छ । शौचालन अधिकांशमा छन् तर प्रयोगविहीन छन्। जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको छात्रा शिक्षा सञ्जालको बैठकमा उनले भने, ‘एउटै स्कुलको ८, १० वटासम्म शौचालय छ तर पानी छैन । त्यसैले सबै शौचालय सधैं बन्द हुन्छन् ।’ सफा शौचालयको अभावले विशेषगरेर छात्राहरुले दिनभरी पिसाब रोक्ने गरेका छन् । शिक्षा सरोकारवालाहरु यसरी छात्राले पिसाब रोक्दा मूत्रसम्बन्धी रोगसमेत लाग्ने गरेको बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्