Logo

एमाले बैठक बालकोटमा



काठमाडौं ११ बैशाख । सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरे लगत्तै प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले सो विषयमा छलफल गर्न स्थायी समितिको बैठक बोलाएको छ । सरकार र मधेसी मोर्चामा रहेका दलहरुबीच भएको सहमतिलाई विफल बनाउनेगरि एमालेले रणनीति बनाउँदैछ । अध्यक्ष केपी शर्मा ओली निवास स्थायी समिति बैठक बोलाइएको छ ।

बैठक भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी ओलीको निवासमा बस्ने एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए ।

बैठकले मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुका साथै मंगलबारदेखि सुरु हुन लागेको केन्द्रीय कमिटीको बैठकका विषयमा एजेन्डा समेत तयार गर्नेछ ।

एमालेले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते एक चरणमा गर्नुपर्ने माग गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्