Logo

आफ्नै मैदानमा बार्सिलोनासँग हार्यो रियाल मड्रिड



काठमाडौं, ११ बैशाख । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल मड्रिडलाई पराजित गरेको छ । उपाधि दावेदार दुई टोलीबीचको चर्चित भिडन्त एल क्लासिकोमा बार्सिलोना ३-२ ले विजयी भयो ।

रियाल मड्रिडको मैदानमा भएको खेलमा पाहुना टोली बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई तथा ईभाँ राकिटिचले एक गोल गरे ।

पराजित टोली रियाल मड्रिडका क्यासेमिरो र जेम्स रोड्रिग्वेजले एक-एक गोल गरेका थिए । खेलमा रियाल मड्रिडका डिफेन्डर सर्जीयो रामोसले ७७ औं मिनेटमा रातो कार्ड खाएपछि घरेलु टोलीले पछिल्लो १३ मिनेट १० जनामै खेल्नुपरेको थियो ।

जितपछि बार्सिलोनाले लिग तालिकामा रियाल मड्रिडलाई उछिनेको छ । ३३ खेलबाट उसको ७५ अंक छ । एक खेल कम खेलेको रियाल मड्रिडको समान ७५ अंक भए पनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्