Logo

चेल्सीका मिडफिल्डर एन’गोलो कान्टे बने पिएफए वर्ष खेलाडी



काठमाडौं, ११ बैशाख । चेल्सीका मिडफिल्डर एन’गोलो कान्टेले यो वर्षको पिएफए वर्ष फुटबल खेलाडी अवार्ड जितेका छन् । मनोनयनमा परेका अरु पाँच जनालाई पछि पार्दै कान्टेले अवार्ड जितेका हुन् ।

प्रोफेशनल फुटबलरस एशोसिएशनले प्रदान गर्ने वर्ष खेलाडीको अवार्डका लागि कान्टेसँगै चेल्सीकै इडन हजार्ड, टोटनह्यामा ह्यारी केन, म्यानचेस्टर युनाइटेडका जाल्टन इब्राहिमोविच, एभर्टनका रामेलु लुकाकु र आर्सनलका एलेक्स सान्चेज मनोनयनमा परेका थिए ।

गएको वर्ष यो अवार्ड लेस्टर सिटीका फरवाड रियाद महरेजले पाएका थिए । यस्तै टोटनह्यामका डेल अलीले पिएफए योङ प्लेअर अफ द एअर अवार्ड जितेका छन् । उनले रामेलु लुकाकु, माइकल केएने, जोर्डन पिकफोर्ड, लिरोय साने र ह्यारी केनलाई पछि पार्दै अवार्ड जितेका हुन् ।



प्रतिक्रिया दिनुहोस्