Logo

प्रस्तावको बारेमा एमालेले विरोध गर्नुको कुनै तुक छैन : रायमाझी



काठमाडौं, ११ बैशाख ।  नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अहिले आएको परिमार्जनसहितको संशोधन प्रस्तावले मुलुकलाई निकास दिने ठोकुवा गरे । उनले उक्त प्रस्तावको एमालेले विरोध गर्नुको कुनै तुक नरहेको टिप्पणी समेत गरे ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले भने,‘यो अन्यन्तै राम्रो प्रस्ताव हो, यसलाई पारित गराउनको लागि हामी सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।’ उनले प्रस्तावलाई पारित गराउनको लागि एमालेले पनि सहयोग गर्नुपर्ने बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले मुलुकको निकास र निर्वाचनको लागि यो प्रस्ताव आएकोले सबै प्रमुख दलहरुले यसलाई सदनबाट पारित गराउन साझा दायित्व निर्वाह गर्नुपर्ने बताए । रायमाझीले थपे,‘एमालेकै समर्थनमा यो प्रस्ताव पारित हुन्छ, किनकी यसले मुलुकको निकासको ढोका खोलेको छ, एमालेले विरोध गर्नुको कुनै तुक छैन् ।’

रायमाझीले बजेट र चुनावको कुनै अन्तरसम्बन्ध नरहेको समेत स्पष्ट पारे । उनले भने,‘बजेटपछि चुनाव गर्दा के बिग्रिन्छ ? एमाले आत्तिनुहुँदैन्, किनकी चुनाव ठूलो कुरा हो नि ।’

यद्धपी एमालेले उठाएको यो विषप्रति सरकार गम्भिर रहेको उनको भनाई थियो । उनले चुनावपछिपनि अहिलेकै गठबन्धन कायम रहने दाबी गरे । उनले भने,‘प्रधानमन्त्री प्रचण्ड यो गठबन्धन तोड्ने पक्षमा हुनुहुन्न ।’



प्रतिक्रिया दिनुहोस्