Logo

प्रस्ताव पढेपछि मात्रै निर्णय लिन्छौं : मैनाली



काठमाडौं, ११ बैशाख । नेकपा मालेका महासचिव सिपी मैनालीले अहिलेसम्म नयाँ परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव पढ्न नपाएको बताउँदै प्रस्तावको अध्ययन गरेपछिमात्रै प्रतिक्रिया दिने बताए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘प्रस्ताव पढेपछि हामी समिक्षा गर्छौं, अनिमात्रै यसबारेमा हामी निर्णय लिन्छौं ।’ त्यस्तै उनले पछिल्लो समय राष्ट्रियता कमजोर भएको समेत गुनासो पोखे ।

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले ऐतिहासिक लोकतान्त्रिक आन्दोलन भएको आज ११ वर्ष पुगेको बताउँदै दलहरुवीच सहमति, सहकार्य र एकता हुनुपर्ने बताए ।

उनले प्राप्त उपलब्धिहरुको रक्षाको लागि पनि दलहरु मिल्नुको विकल्प नभएको बताउँदै अहिलेपनि संविधान संशोधन गरेर निर्वाचनमा जानको लागि प्रमुख दलहरुवीच सहकार्य अनिवार्य रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्