Logo

माओवादी केन्द्रद्वारा उम्मेद्वार घोषणा



बैतडी, ११ वैशाख । नेकपा (माओवादी केन्द्र)ले जिल्लाको १० वटै स्थानीय तहमा आफ्ना उम्मेद्वारको टुङ्गो लगाएको छ । जिल्लाका चारवटा नगरपालिका र ६ वटा गाउँपालिकामा उम्मेदवारको टङ्गो लगाइएको सो दलका जिल्ला संयोजक प्रेमप्रकाश भट्टले जानकारी दिनुभयो ।

दशरथचन्द नगरपालिकाको प्रमुख पदका लागि खीमानन्द भट्ट, पाटन नगरपालिकामा प्रमुखमा शङ्कर भण्डारी र उपप्रमुखमा राधिका खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको उहाँले बताउनुभयो ।

यस्तै पुर्चाैडी नगरपालिकामा प्रमुखमा रणबहादुर कुँवर र उपप्रमुखमा जयन्ती बमलाई उम्मेदवार बनाइएको छ भने मेलौली नगरपालिकाको प्रमुखमा भीमबहादुर चन्द तोकिनुभएको छ भने उपप्रमुखकोे टङ्गो लाग्न बाँकी रहेको जनाइएको छ ।

यस्तै डिलाशैनी गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर राना र उपाध्यक्षमा सुशीला साउद, दोगडा केदार गाविसको अध्यक्षमा तारा कँुवर र उपाध्यक्षमा लक्ष्मी ओेड, सुर्नया गाउँपालिकाको अध्यक्षमा नरी भाट, सिगास गाउँपालिकाको अध्यक्षमा वीरसिंह ऐर, शिवनाथ गाउँपालिकाको अध्यक्षमा धनवीर धनाडी, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश चन्द र उपाध्यक्षमा मञ्जु चन्दलाई सिफारिस गरिएको छ भने सबै वडाका वडा अध्यक्ष र सदस्यका नाम समेत टुङ्गो लागिसकेको सो दलले जनाएको छ ।

नेपाली काँग्रेस र नेकपा एमाले अझै उम्मेदवार छनोट गर्न सकेका छैनन् । पार्टीमा पदका आकाङ्क्षी धेरै भएकाले उम्मेद्ववारको नामावली टुङ्ग्याउन नसकिएको नेपाली काँग्रेसका जिल्ला सचिव वीरबहादुर विष्टले जानकारी दिनुभयो । नेकपा एमालेले स्थानीय तहमा नेतृत्व गर्ने आकाङ्क्षीमध्ये नाम अनुमोदनका लागि प्रदेश कमिटीमा पठाएको एमालेका जिल्ला सचिव लीलाधर भट्टले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्