Logo

प्रधानमन्त्रीद्धारा स्वास्थ्यमन्त्री गगन थापाको प्रशंसा



काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएको बताउनु भएको छ ।

सोमबार बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौं बैठकमा बोल्दै प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा नयाँ प्रयासहरु गरिएको बताउनु भएको हो । सभामा प्रधानमन्त्रीले भन्नुभयो, ‘माननीय स्वास्थ्य मन्त्रीजी पनि निरन्तर लागि रहनुभएको छ । मेरो नेतृत्वको सरकार मुलूकका सबै क्षेत्रमा सकारात्मक परिवर्तन गर्ने र जनताको जीवनमा परिवर्तन ल्याउन लागिरहेको छ । यस बीचमा स्वास्थ्य क्षेत्रमा पनि नयाँ प्रयासहरु भएका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले गति लिन थालेका छन् । हामीले रचनात्मक र जवाफदेही भएर काम गरौं, जनताको जीवनमा परिवर्तन ल्याउने संकल्प गरौं ।

सभामा बोल्दै स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकूलपति गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई केन्द्रमा राखेर नीतिगत र व्यवहारिक काम गरिरहेको बताउनु भयो । सभाले प्राज्ञिक, नीतिगत, प्रशासनिक र जनशक्ति व्यवस्थापनका विषयमा महत्वपूर्ण निर्णयहरु समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम