Logo

सरकारी प्रस्ताव पारित भयो भने नरहे बाँस नबझे बासुरीको अवस्था आउँछ (भिडियोसहित)



काठमाडौं, ११ बैसाख ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमालेलाई एक्ल्याउन खोजेको आरोप लगाएका छन् ।

सोमबार बसेको संसद बैठकमा बोल्दै अध्यक्ष ओलीले भने, ‘हामीलाई एक्ल्याउने प्रयास भएको छ। सरकारले निर्वाचन चाहेकै छैन। सरकारले एमालेका कारण निर्वाचन भएन भन्ने पार्न खोजिरहेको छ,’ ओलीले भने, ‘यो सरकार बनेपछि संविधान संशोधनमा मात्रै अल्मलिएको छ। निर्वाचन हुने वातावरण बनाउनतिर लागेकै छैन।’

अहिले सरकारले ल्याएको संविधान संशोधन विधेयक पहिलेको भन्दा खतरनाक भएको आरोप लगाए। ओलीले भने, ‘सीमाना हेरफेर गर्न प्रदेश सभाको सहमति नचाहिदो व्यवस्था राख्न खोजेर सरकारले चलाखीका साथ खतरनाक ढंगले प्रस्तुत गरेको छ।

उनले भने,‘प्रदेश सभाको सहमति चाहिने संवैधानिक व्यवस्था नै हटाउन खोजियो। सरकारी प्रस्ताव पारित भयो भने नरहे बाँस नबझे बासुरीको अवस्था आउँछ।’ ओलीले बाहिर सुन्दा सकारात्मक होकि भन्ने भान पारिएको भन्दै उनले बाहिर दल मिल्न खोज्दै छन् भन्ने भ्रम पारिएको बताए।

संविधान संशोधन गर्न मिल्ने भन्दै ओलीले सधैभरी संशोधन गरेर मात्रै नबस्न सरकारलाई सुझाव दिए। ‘संविधान संशोधन हुन सक्छ तर यसो भन्दैमा सधैं संविधान संशोधनमा मात्रै लाग्ने हाम्रो अरू काम छैन? उनले प्रश्न गरे, ‘पपुलिष्ट बजेट ल्याएर निर्वाचन गर्ने काम लोकतन्त्रमा मिल्छ? यो विधि अनुसार हुँदैन। यसमा सरकारको ध्यान गएको छ की छैन?’ –



प्रतिक्रिया दिनुहोस्