Logo

डिआइजी सिलवाललाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश



काठमाडौं, ११ बैसाख । सर्वोच्च अदालतले डिआइजी नवराज सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको छ। सिलवाललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै प्रधान न्यायाधीश सुशीला कार्कीको इजलासले अधिवक्ता शम्भु थापाको हाजिरीजमानीमा आजै थुनामुक्त गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ताले बताए।

 

डिआइजी सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएर कार्यसम्पादन मूल्याङ्कन फाइल किर्ते गरेकोबारे छानबिन गर्न गठित समितिसमक्ष आज पुर्‍याएको थियो।

सिलवाल काठमाडौं प्रहरी प्रमुखको गाडीमा हेडक्वार्टर पुगेका हुन्। वरिष्ठ अधिवक्ता शम्भु थापालाई लिएर स्पष्टिकरणको कानुनी प्रक्रिया लगायतबारे बुझ्न उनी सोमबार बिहान प्रहरी हेडक्वार्टर पुगेको प्रहरी प्रवक्ता खनालले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्