Logo

परिमाजर्नसहितको संशोधन प्रस्ताव संसदमा पेश



काठमाडौं, ११ बैसाख । संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्दैगर्दा सोमबार नेमकिपाका सांसदहरुले नारावाजी गरेका छन् ।कानुनमन्त्री अजयशंकर नायकले मधेसी मोर्चासँगको सहमतिपछि संसदमा प्रस्ताव संशोधन विधेयक पढदैगर्दा नेमकिपाका तीन जना सांसदहरु आफ्नो आशनबाट उठेर नारावाजी गरेका हुन् । उनीहरुले प्रस्तावको विरोध गरेका थिए ।

मन्त्री नायकले नयाँ संशोधन विधेयक पेश गर्दै संशोधनबारे स्पष्ट गरेका थिए । संंशोधन विधानमा संघीय आयोग गठन गर्ने कुरा संक्रमणमा मात्र भन्ने उल्लखे भएकोमा अहिलेको संशोधनमा जुनसुकै समयमा पनि संघीय आयोग गठन गर्ने कुरा उल्लेख भएको मन्त्री नायकले बताए ।

प्रदेशको सिमाना सन्दर्भमा संविधानको २७४ लाई थप स्पष्ट गरिएको पनि उनले बताए । नागरिकताका सम्बन्धमा पनि संघीय कानून बमोजिम लिन सकिने गरी संशोधन गरिएको उनले बताए ।

संसद बैठकबाट वैशाख ७ गते गणपूरक अभावमा यसअघि विचाराधिन रहेको विद्युत नियमन आयोग २०७४ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरिएको छ । संसदको अर्को बैठक यहि वैशाख १२ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्