Logo

महानगरपालिकाबाट दोब्बर भन्दा बढी कर सङ्कलन



काठमाडौँ,११ बैशाख । काठमाडौँ महानगरपालिकाले चालु अर्थिक वर्षमा लक्ष्य भन्दा दोब्बर बढी विज्ञापन कर सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख विज्ञापन कर असुल गर्ने लक्ष्य लिएको कामपाले यही बैशाख सात गतेसम्म रु ५ करोड ७२ लाख ८३ हजार २२० राजस्व असुल गरिसकेको राजस्व महाशाखा प्रमुख धुव्र काफ्लेले बताउनुभयो ।

उहाँका अनुसार कामपाले नियमविपरीत विभिन्न स्थानमा राखिएका विज्ञापनका होडिङबोर्डलाई कानुनको दायरमा ल्याउने र नियमबाहिर रहनेलाई कारबाही थालिएकाले लक्ष्य भन्दा निकै बढी कर सङ्कल भएको हो ।

सोही अनुसार राजस्व सङ्कलन भएमा आलु आर्थिक वर्षको अन्तिम सम्ममा रु सात करोडसम्म विज्ञापन कर सङ्कलन हुने अनुमान कामपाको छ ।
आर्थिक वर्ष २०७२÷७३ मा सोही शिर्षकको करमा रु चार करोड ३६ लाख ८ सय ४३ कर सङ्कलन भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्