Logo

उम्मेद्धवारी दर्ता मिति बैशाख १९ गतेसम्म : प्रमुख निर्वाचन आयुक्त



काठमाडौं, ११ बैशाख । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति बैशाख १९ गतेसम्म सार्ने निर्णय भएको जानकारी दिएका छन् ।

सोमबार अपरान्ह निर्वाचन आयोग परिसरमा पत्रकार सम्मेलन गरेर प्रमुख आयmु यादवले यस्तो जानकारी गराएका हुन् । निर्वाचन आयोगको आफ्नो अन्य तयारीलाई यथावत् राख्ने निर्णय गरेको पनि उनले बताए । त्यस्तै चुनाव चिन्ह बैशाख २२ गतेसम्मको लागि समय दिईएको छ ।

त्यैतै दोस्रो चरणको निर्वाचनको हकमा भने जेठ १९ सम्म उम्मेदवारी दर्ताको समय दिईएको छ। र दोस्रो चरणको चुनावको लागि जेठ २२ गतेसम्म चुनाव चिन्ह दिईने भएको छ।

दोस्रो चरणको निर्वाचनको हकमा अहिले निर्वाचन आचारसंहिता लागु नहुने समेत उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्