Logo

राजपाका युवा नेता सिंहले अपाङ्गकी छोरीको विहेमा दिए साईकल



अभिमनु कुमार पटेल : रौतहट ११, बैशाख । मधेशी दलको एकीकरणपश्चात् गठन भएको राष्ट्रिय जनता पार्टी रौतहटका प्रभावशाली युवा नेता अरुण सिंहले रौतहटको एक अपाङ्गकी छोरीको विहेमा साईकल उपहार प्रदान गरेका छन् ।

रौतहटको फतुवा महेशपुर घर भएकी अपाङ्घ महिला सुनैना देवी कहारिन (विधवा)को सोमबार हुने विहेमा युवा नेता सिंहले एक थान साईकल र बेहुलालाई लगाउने लुगा सहयोग गरेका छन् ।

समय समयमा मधेश आन्दोलन लगायत स्थानिय आन्दोलनमा समेत ख्याति पाएका युवा नेता सिंहले विगतका महिनाहरुमा समाजिक कार्यहरुमा अग्रसर भए पछि सिंहको चौतर्फी गुणगान हुन थालेको छ ।

यसैविच विधवाका साथै अपाङ्घ रहेकी आर्थिक अवस्था कमजोर भएको सुनैयालाई रौतहटको विकासमा सक्रिय रहेका गैर सरकारी संस्था सामुदायिक शक्ति गौरले १ क्वीन्टल चामल सहयोग गरेका छन् ।

साईकल, लताकपडा र चावल वितरण समानहरू बुझाउन वहाँहरू कै निवासमा रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको अध्यक्ष एवं मधेश प्रदेश अनलाईन अध्यक्ष (पत्रकार) अभिमनु कुमार पटेलको विषेश पहलमा  सो सामाग्रीहरु वितरण गरियो, संचारकर्मी सत्येन्द्र प्रताप सिंह, विधार्थी नेता ओम प्रकाश भाई मधेशीया लगायत सयौ स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।

वितरण गरिएको सामग्रीहरु ग्रहण पश्चात एकल एवम अपाङ्घ महिला सुनैना देवीले सहयोगी हातहरु प्रति अभार व्यक्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्