Logo

राससका प्रमुख समाचारदाता पुरस्कृत



दमौली, ११ वैशाख । राष्ट्रिय समाचार समिति (रासस) का प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत ‘सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार’बाट आज पुरस्कृत हुनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ तनहुँको दसौँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा बस्नेतलाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि पाँच हजार तथा साथमा सम्मानपत्र छ ।

‘राष्ट्रपुकार’ साप्ताहिकको तनहुँ संवाददाताबाट पत्रकारिता सुरु गर्नुभएका बस्नेत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । पत्रकारिताका माध्यमबाट तनहुँको विकासमा योगदान पु¥यााएबापत उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । वरिष्ठ पत्रकार विश्ववन्धु भण्डारी र पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुषमा पौडेलले उहाँलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

पुरस्कारबापत प्राप्त पाँच हजार प्रमुख समाचारदाता बस्नेतले महासङ्घ तनहुँको पुस्तकालय स्थापनाका लागि शाखाका अध्यक्ष डम्बर अधिकारीलाई सोही समारोहमा हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा पत्रकार वसन्त कँडेललाई ‘टीकानिधि ढुङ्गाना– व्यास परासर पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । सो पुरस्कारको राशि रु १० हजार, र साथमा सम्मानपत्र छ ।

यसैबीच शाखाका अधिवेशनले ओमकार आचार्यका अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिका उपाध्यक्षमा नारायण खड्का, महिला उपाध्यक्षमा सोनी खनिया, सचिवमा उज्ज्वल पौडेल, सहसचिवमा कृष्ण न्यौपाने र कोषाध्यक्षमा प्रताप राना तथा सदस्यमा राजेश्वर हड्खले, पूर्ण विके, प्रकाश अधिकारी, आरके पोखरेल, मीला दराई, मदन तिमिल्सिना, रामशरण नेपालीलगायत छन् । रासस



प्रतिक्रिया दिनुहोस्