Logo

कलाकार सिंहप्रति श्रद्धाञ्जलि



काठमाडौँ, ११ वैशाख । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले कलाकार प्रदीपकुमार सिंहको पार्थिव शरीरमा पुष्पगुच्छा अपर्ण गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

मन्त्री कार्कीले नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुगेर कलाकार सिंहप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले कला क्षेत्रमा पु¥याउनुभएको उल्लेख्य योगदानको स्मरण गर्नुभयो ।

कलाकार सिंहको ५९ वर्षका उमेरमा भारतस्थित कोलकाता मेडिकल एन्ड रिसर्च सेन्टरमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो । सिंहको पार्थिव शरीर आज नेपाल ल्याई श्रद्धाञ्जलिका लागि प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो ।

सिंहले ‘पच्चिस वसन्त’, ‘दुई थोपा आँसु’, ‘कोसेली’, ‘चिनो’, ‘रहर’, ‘बुहारी’, ‘पद्यमिनी’लगायत चलचित्रमा अभिनय गर्नुभएको नेपाल कलाकार सङ्घका महासचिव सरिता लामिछानेले जानकारी दिनुभयो । विसं २०१५ असार १५ गते काठमाडौँ बौद्धमा जन्मनुभएका सिंहका श्रीमती, दुई छोरी र एक छोरा छन् । रासस



प्रतिक्रिया दिनुहोस्