Logo

माओवादी नेता देखि पत्रकारसम्म जग्गा किर्तेमा संलग्न भएपछि..



काठमाडौं १२ बैशाख । झापा शनिश्चरेका जीवन विष्टका नाममा रहेको १५ करोड रुपैयाँ मूल्यको जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता पुष्टि भएको खबर आजको कान्तिपुरमा छ ।

जग्गा किर्ते काण्डका मुख्य सुत्रधार चाहिँ टिभी पत्रकार पुजन घिमिरे रहेको प्रहरीको दावी छ । उनकै योजनामा विष्टको नामको अनारमनी ४ मा रहेको कित्ता नम्बर १६९ र १७० को करिब ५ कट्ठा १६ धुर जग्गा किर्ते गरी हडप्न खोजेको पाइएको झापाका एसपी शैलेश थापाले बताए ।

घिमिरेसहित उनका सहयोगी शम्भु दाहाल, माओवादी केन्द्रका केन्द्रिय सदस्य राजु आचार्य(अग्नि), माओवादी कार्यकर्ता लक्ष्मण बस्नेत र विर्तामोडका ओम शिवाकोटी परार रहेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम