Logo

सुदुरपश्चिमलाई श्रीखण्डमय बनाउने यस्तो छ पनेरुको योजना



काठमाडौं १२ बैशाख । डडेलधुरा भद्रपुरका उज्वलदत्त पनेरु सुदुरपश्चिमलाई श्रीखण्डमय बनाउने अभियानमा जुटेका छन् । उनी अहिले श्रीखण्डका विरुवा घर-घर बाँड्दै हिडेका हुन् । डडेलधुरामा मात्रै ६ सय श्रीखण्डका बोट रोपिसकिएको छ । आजको कान्तिपुरमा खबर छ ।

उनले भने, ‘श्रीखण्डको विरुवा उत्पादन गर्ने नर्सरी स्थापना भएपछि अभियानले सकार रुप लिन्छ ।’ ५ लाख विरुवा उत्पादन गर्ने नर्सरी स्थापनाका लागि काम भइरहेको छ ।

‘१५ बर्षमा जिल्लाभर सबैको घरमा १ १ बोट श्रीखण्ड हुर्कनेछन् ।’ उनले भने, ‘धार्मिक पूजा र चन्दनका रुपमा मात्रै होइन घरमा लगाएको श्रीखण्ड आम्दानीको स्रोत समेत बन्नेछ ।’ उनका अनुसार १ रुखबाट तीन लाखसम्म आम्दानी गर्न सकिन्छ ।

एउटा रुख तयार हुन १५ बर्ष लाग्छ । श्रीखण्ड औषधीको रुपमा प्रयोग हुन्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा श्रीखण्डको बजार पनि राम्रो छ ।



प्रतिक्रिया दिनुहोस्