Logo

भूकम्पपछिका दुई वर्षमा ४० प्रतिशत घर पुनर्निर्माण भएको प्राधिकरणको दाबी



काठमाडौं १२ बैशाख ।
भूकम्प गएको दुई वर्षको अवधिमा ३४ अर्ब ५२ करोड रुपैयाँ खर्च भएको छ। यो अवधिमा भत्किएका मध्ये ४० प्रतिशत घर पुनर्निर्माण भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले जानकारी दिनुभयो।

प्राधिकरणमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले भन्नुभयो,‘४० प्रतिशत घर निर्माण भइसक्दा हामी पुनर्निर्माणको ठीक ठाउँमा हुन्छौ, निर्माण हुन नसक्दा हामी ढिलो भएका हुन्छौं,’पोखरेलले भन्नुभयो, ‘स्वास्थ्य संस्था पुनर्निर्माणमा भने हामी ढिलो नै भएका छौं।’ प्राधिकरणका सहप्रवक्ता भीष्म भुसालका अनुसार चालु आर्थिक वर्षमा ३० अर्ब ५२ करोड रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा चार अर्ब रुपैयाँ खर्च भएको छ।

तर, तथ्यांकमा भने भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ६ लाख २६ हजार ६ सय ९५ लाभग्राही मध्ये ४९ हजार ६ सय ८१ घरको पुनर्निर्माण शुरु भएको उल्लेख छ। लाभग्राही आफैले १८ हजार ६ सय ३३ वटा घर पुननिर्माण गरेका छन्। पूर्ण रुपमा क्षति भएका चार सय ४० स्वास्थ्य संस्था मध्ये दुई सयवटा मात्रै पुनर्निर्माण भएका छन्। भूकम्पबाट प्रभावित बाँकी १७ जिल्लामा ९० हजार पाँच सय ५६ लाभग्राही पहिचान भएका छन्।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्