Logo

यस्तो आउँदै आज कांग्रेसको घोषणापत्र



काठमाडौं १२ बैशाख । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी गरेको छ । स्थानिय तहको चुनावका लागि नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको छ । वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सत्ताघटक नेपाली कांग्रेसले आज पार्टीको घोषणा पत्र सार्वजनिक गर्न लागेको हो । महेश आचार्य संयोजक रहेको समितिले घोषणपत्र तयार गरेको हो ।

‘नेपाली जनताको आर्थिक उन्नतिको चाहनालाई सम्बोधन गर्नेगरी कांग्रेसले घोषणापत्र तयार पारिरहेको छु, घोषणापत्र तयारी समिति सदस्य प्रदीप पौडेलले भने, ‘कांग्रेस घोषणापत्रले आर्थिक विकासको दश वर्षे मार्गचित्र प्रस्ट पार्नेछ।’

स्थानीय तहलाई उद्योग र लगानीमैत्री बनाउने विषयदेखि पर्यटन, जलस्रोत र कृषि क्षेत्रमा दशमा गर्न सकिने आर्थिक सम्वृद्धिको मार्गचित्र प्रस्तुतिमा देखाइएको थियो। पार्टी केन्द्रीय सदस्य एवं समित सदस्य प्रदीप पौडेलले घोषणापत्रले नेपालको आगामी दश वर्षको आर्थिक उन्नतिको तथ्यगत खाका प्रस्ट्याउने जानकारी दिए। वैशाख १० गते घोषणा सार्वजनिक गर्ने गरी समितिले काम गरिरहेको हो।



प्रतिक्रिया दिनुहोस्