Logo

नेपाली काँग्रेसको एकदिने नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न



विराटनगर, १२ वैशाख । स्थानीय निर्वाचनलाई लक्ष्य गरी नेपाली काँग्रेसले यहाँ एकदिने नेतृत्व विकास प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

आसन्न निर्वाचनमा काँग्रेसले अपनाउने रणनीति र योजनाका बारेमा जानकारी दिने उद्देश्यले सोमबार आयोजित सो प्रशिक्षणमा विराटनगरका १९ वटै वडाका पार्टी पदाधिकारी र नगरभित्रका विभिन्न भ्रातृ सङ्गठनका पदाधिकारीसहित दुई सयभन्दा बढी नेता, कार्यकर्ताको सहभागिता थियो ।

सो अवसरमा सांसद अमृत अर्यालले सबै कार्यकर्ताको सक्रिय सहभागिताले मात्रै निर्वाचनमा सफलता पाउन सकिने बताउनुभयो । पार्टीका नगर सभापति भीम पराजुलीले नगरसमितिले नगरका सबै वडामा घरदैलो अभियान थालेको जानकारी दिनुभयोे । कार्यक्रममा श्याम पौडेल र तीर्थ पौडेलले प्रशिक्षण दिनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्