Logo

छात्रवृत्तिका लागि रु ६ लाखको अक्षयकोष



पोखरा, १२ वैशाख । स्थानीय रामबजारको रञ्जित परिवारले यहाँका दुई सामुदायिक विद्यालयमा छात्रवृत्तिका लागि रु छ लाख अक्षयकोष स्थापना गरेको छ ।

रामबजारस्थित कालिका माविमा रु चार लाख र पोखरा बसपार्कस्थित सहारा आधारभूत विद्यालयमा रु दुई लाखको अक्षयकोष स्थापनाका लागि आज रकम हस्तान्तरण गरिएको छ । सो ठाउँ निवासी बैकुण्ठ, शिव, सुदर्शन र विजय रञ्जितले आफ्ना पिता स्व हरिगोपाल र आमा गणेशमायाका नाउँमा उक्त रकम विद्यालयलाई अक्षयकोषका लागि हस्तान्तरण गर्नुभएको हो ।

रञ्जित चार दाजुभाइले आफ्ना पिताको ४५ आँै दिनको तिथि पारेर आज गरिब तथा जेहेन्दार विद्यार्थीलाई थप अध्ययनका लागि विद्यालयलाई उक्त रकम प्रदान गर्नुभएको साहिँला छोरा फोटो पत्रकार सुदर्शनले जानकारी दिनुभयो ।

अक्षयकोषबाट प्राप्त ब्याजबाट कालिका माविमा कक्षा ९ देखि १२ कक्षासम्म र सहारा विद्यालयमा कक्षा ९ मा अध्ययन गर्र्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्