Logo

एमालेद्धारा व्यवस्थापिका संसद बैठक अबरुद्ध



काठमाडौं, १२ बैशाख ।  नेकपा एमालेले स्थानीय तहको संख्या बढाउन खोजिएको भन्दै व्यवस्थापिका संसद बैठक अबरुद्ध गरेको छ ।

संसदको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद गंगाधर तुलाधरले स्थानीय विकास मन्त्रालयले परिपत्र गरेको सूचना आएको बताए । उनले भने, ‘पुनर्संरचना आयोगको प्रतिवेदनलाई खण्डित हुने गरी केही स्थानीय तहको संख्या बढाउन कोटा तोकिएको छ भन्ने सुन्न आएको छ । यसो हो भने निर्वाचनको वातावरण भाँडिनेछ ।’यो षड्यन्त्रकारी मनसायबाट भएको हुनसक्ने भन्दै उनले परिपत्र भएको हो कि होइन ? भएको हो भने किन भन्ने सम्वन्धित मन्त्रीले जवाफ दिनुपर्ने बताए ।

लगतै एमाले सांसदहरु उठेर विरोध गरे । सभामुख ओनसरी घर्ती मगरले सदनको ध्यानाकर्षण भएको भन्न्दै पटक-पटक बस्न आग्रह गर्दा पनि एमाले सांसदहरुले मन्त्रीले जवाफ दिनुपर्ने अडान राखे ।



प्रतिक्रिया दिनुहोस्