Logo

अरुको लागि जिउनुको मज्जा बेग्लै : कुञ्जना घिमिरे



काठमाडौं, १२ बैशाख । भुकम्पपछिको पूर्ननिर्माणमा एकीकृत नमूना बस्ती निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै भुकम्पपीडित तथा सहयोगी समाजले सिताराम कट्टेल र कुञ्जना घिमिरे(धुर्मुस–सुन्तलीलाई) अभिनन्दन गरेको छ ।

मंगलबार समाजले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको गोरखा महाभुकम्पको दोस्रो वार्षिकीको अवस्थामा धुर्मुस–सुन्तलीलाई क्लबका सभापति एवम् कार्यक्रमका प्रमुख अतिथि ऋषि धमलाले अभिनन्दन गरेका हुन् ।

कार्यक्रममा सम्मानित भएकी कुञ्जना घिमिरले डरलाई शक्तिमा परिणत गरेर मनलाई शुद्धिकरण गर्दै अरुको लागि जिउनुको मज्जा नै अर्के हुने भन्दै आफूहरुले पनि सहयोगी मनहरुलाई संकलन गरेर पूर्ननिर्माणको काममा जुटेको बताईन् ।

उनले नेपालमा राष्ट्र र राष्ट्रियता आजकै दिन अर्थात बैशाख १२ गतेले ल्याएको बताउँदै अर्काको दुःखमा मल्हम लगाउने काममा जुट्न आग्रह गरिन् । उनले भनिन्,‘अर्काको दुःखमा मल्हम लगाएर आनन्द लिने बानी धुर्मुस–सुन्तलीलाई परिसकेको छ, यो भन्दा अर्को मिठो आनन्द केही पनि छैन् ।’ सम्मानित हुन पाएकोमा निकै गौरवान्तित महशुस भएको भन्दै यसले थप उर्जा र नयाँ चूनौति थपिएको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्