Logo

एमालेको अवरोध पछि संसद् बैठक बुधबारसम्मका लागि स्थगित



काठमाडौँ, १२ वैशाख । व्यवस्थापिका–संसद्को बैठक बुधबार ११ बजेसम्मका लागि स्थगन गरिएको छ । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश संसद् बैठक स्थगन गरिएको सूचना प्रकाशित भएको जानकारी दिनुभयो ।

यसअघि आज संसद् बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद गङ्गालाल तुलाधरले सरकारले सदनमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव जायज नभएको भन्दै त्यसप्रति विरोध जनाउनुभयो ।

सम्बन्धित मन्त्रीले संविधान संशोधनको प्रस्तावका सम्बन्धमा सदनलाई जानकारी नगराइकन बैठक अगाडि जान नसक्ने तर्क पनि उहाँले दिनुभयो ।
उहाँको सो भनाइलगत्तै एमालेका सांसदहरु आ–आफ्नो ठाउँबाट उभिनुभयो । सभामुख ओनसरी घर्तीले पटक÷पटक आशनग्रहण गर्न आग्रह गर्नुभए पनि उहाँहरु नमान्नु भएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको थियो ।

संविधान संशोधनका विषयमा आफूहरुसँग कुनै सल्लाह नगरेको बताउँदै आएको एमालेले त्यसबारेको जानकारी माग गरेको हो । रासस



प्रतिक्रिया दिनुहोस्