Logo

शिवम् सिमेन्टको बिरगंजमा सन्देशमुलक ‘नो कम्प्रोमाईज’ अभियान



काठमाडौं, १२ बैशाख । शिवम् सिमेन्ट आफ्नोसमाजिक उत्तरदायित्वलाई लिएर बिरगंज पुगेको छ ।यस अन्तर्गत शिवम्ले, बिरगंजका प्रमुख चोकहरु, अस्पताल, पार्क, सडक लगायत विभिन्न ठाउँमा सन्देशमुलक‘नो कम्प्रोमाईज’ प्लेकार्ड बोकेका व्याक्तिहरु उभ्याएको छ ।

आममानिसको दैनिक जिवनशैली र सोचमा सकारात्मक प्रभाव पार्न र मानिसहरुलाई जागरुक गर्ने उद्येश्यले साधारण तर संवेदनशील विषयहरुप्लेकार्डमा उठाइएको छ ।

यात्रुहरुको सुरक्षालाई ध्याानमा राखी बसपार्क, घण्टाघर र अन्य चौकहरुमासडक अनुशासन र सुरक्षित यात्रा, जनस्वास्थ्य र दिर्गायु जिवनकालागि नारयणी अस्पतालमास्वास्थ्य र घरिअर्वा पोखरीमा फिट्नेस्,आफ्नो शहरलाई सफा राख्नफोहोर ठाँउहरुमा सरसफाई र आफ्नो परम्परा तथा संस्कृतिलाइ बचाउन माईथानमाआस्था सम्बन्धितप्लेकार्डहरु राखिएका छन् ।

आजको यो व्यस्ततापूर्ण जिवन र बढ्दो शहरीकरणले गर्दा मानिसहरुले यि विषयहरुमा वेवस्ता गरेको पाईएको छ ।यसै कुरालाई मध्यनजर गर्दै, जसरी शिवम् सिमेन्टले क्वालिटीको मामलामा कम्प्रोमाईज गर्दैन, त्यस्तै मानिसहरुले पनि यि विषयहरुमाकम्प्रोमाईज गर्नु हुदंैन भन्ने सोचलाई अगाडि बढाउँन यो ३ दिने कार्यकम राखिएको हो ।

समाजका हरेक व्याक्तिले यि कुराहरुमा कम्प्रोमाईज नगरे समाज अरु बढि स्वस्थ्य, सुरक्षित, सकारात्मक आदि हुनेमा शिवम् सिमेन्टको विश्वास रहेको छ ।



प्रतिक्रिया दिनुहोस्