Logo

यी हुन् ललितपुरको मेयरका लागि काँग्रेसका सम्भावित उम्मेदवार



काठमाडौं, १२ बैशाख । ललितपुर महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिश भएकामा बाबुराजा चित्रकार चर्चाको शिखरमा पुगेका छन् ।
ललितपुरबाट लामो राजनीति गरेका उमेरले पाका भरतलाल न्याच्छो, प्रेमकृष्ण महर्जन, चिरिबाबु महर्जन र सुरेन्द्र जोशीमध्येमा बाबुराजा सबैभन्दा कान्छा र युवा हुन् । उनीहरुले राजनीति शुरु गर्दा बाबुराज जन्मिएका पनि थिएनन् ।

तर, उनै बाबुराजा मेयरको प्रतिष्पर्धामा सबैको चुनौती बनेका छन् । शारीरिक अपाङ्गताका बाबजुद बाबुराजा २०६२÷६३ को जनआन्दोलन सधै अग्रपंक्तिमा देखिन्थे । त्यतिबेला सबैले उनीबाट सिक्नुपर्ने भन्थे । नेविसंघको राजनीतिबाट बढेका उनी त्रीचन्द्र कलेजेको सचिवमा निर्वाचित भई पछि नेविसंघको केन्द्रीय सहमहामन्त्री समेत बने ।

बाबुराजा अहिले ललितपुरको मेयरको दौडमा सबैभन्दा अगाडि देखिएका छन् । पार्टीभित्र प्रकाशमान सिंहका निकट मानिने उनी गणेशमान सिंह केन्द्रका अध्यक्ष समेत हुन् । नेपाली काँग्रेसका प्रभावशाली नेता मात्र नभएर काठमाडौं उपत्यकाभित्रको राजनीतिमा सबैभन्दा बलिया भएकाले पनि सिंहले रुचाएकाको पल्लाभारी हुने सम्भावना बलियो छ । त्यतिमात्र नभएर बाबुराजा आफैमा हेभिवेट उम्मेदवारका रुपमा परिचित भइसककेका छन् ।

गएको वर्ष ललितपुरमा केन्द्रले आयोजना गरेको कार्यक्रममा जिल्लामात्र नभई राष्ट्रिय स्तरका लब्धप्रतिष्ठितलाई भेला गरेर उनले सामथ्र्य प्रस्तुत गरिसकेका थिए । पार्टीभित्र बाबुराजाको सक्रियता र दृढ इच्छाशक्तिको सर्वत्र प्रशंशा भयो । उनलाई तीन वर्ष अगाडि नै ललितपुरको मेयरका लागि तयारी गर्न काँग्रेसको उच्च नेतृत्वले निर्देशन दिएको थियो । जस अनुसार उनी मेयर बन्ने तयारीका साथ टोल टोलमा पुगेर आफूलाई ललितपुर महानगरपालिकाको नेतृत्वका लागि सक्षम प्रमाणित गर्न थाले ।

परिवार नै काँग्रेसको राजनीतिमा होमिएकाले बाबुराजलाई त्यसले विशेष प्रभाव पा¥यो । सानोमा पोलियो हुँदा अपाङ्ग हुनुलाई बिर्सेर उनले मनभरी दृढ इच्छाशक्ति जगाएर राजनीतिलाई सेवाका रुपमा समर्पित गर्ने सपना साँचे । अविवाहित युवा नेता बाबुराजाले रिपोर्टर्स नेपाल डट कमसँगको कुराकानीमा भने, “राजनति जनसेवा, समर्पण र राजधर्मको पालना हो भन्ने मान्यतालाई हृदयमा राखेर मातृभूमिको सेवामा समर्पित छु । जुनसुकै कठिनतम लक्ष्यको यात्रामा कत्तिपनि विचलित नभई अगाडि बढिरहने प्रण गर्छु । राजधर्म कहिले नछाडी मेरो सम्पूर्०ा जीवन नेपाली दाजुभाई तथा दिदिबहिनीको सेवामा समर्पित गर्न सके जीव्न सार्थक सम्झनेछु ।”

राजनीतिलाई रहर वा इच्छा भन्दा पनि जनता र राष्ट्रहित सम्झेको ठान्छन् बाबुराजा । उनको लक्ष्य टाढा छ । तैपनि सफलताबाट मात्तिने र असफलताबाट आत्तिने स्वभाव कहिल्यै नदेखाउने सोच सिकाएको सुनाउँछन् । अग्रजहरुलाई प्रतिष्पर्धीभन्दा मागदर्शक मानेर बढ्ने योजना बताउँछन् ।

मेयरमा सिफारिश भएमा उनी नेपाली काँग्रेसको मात्र नभई ठूला दलमध्येबाट अपाङ्गता भएकामध्ये महानगरपालिकाको उम्मेदवार बन्ने पहिलो व्यक्ति बन्नेछन् । मेयरमा उम्मेदवार बनेर जितेमा उनले नेपाली राजनीतिमा अपाङ्गताका बाबजुद महानगरपालिकाको मेयर बन्ने इतिहास रच्नेछन् । यसले अपाङ्गता भएका व्यक्ति पनि कम छैनन् भन्ने सन्देश जान सक्छ ।



प्रतिक्रिया दिनुहोस्