Logo

बालुवाटारमा प्रमुख पाँच दलको बैठक सुरु



काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रमुख पाँच दल काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र मधेशी मोर्चाको बैठक बालुवाटारमा सुरु भएको छ ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि उपस्थिति रहेको छ ।

स्थानीय तहको निर्वाचनलाई दुई चरणमा गराउने योजनालाई कार्यान्वयनमा लैजान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनु भएको पाँच दलको बैठक बालुवाटारमा सुरु भएको छ ।

निर्वाचनलाई सफल बनाउन राजनीतिक समझदारी जुटाउने उद्देश्यले प्रधानमन्त्री प्रचण्डले बैठक बोलाउनु भएको हो । दुई चरणको निर्वाचन र संविधान संशोधनका बारेमा एमालेले आपत्ति जनाउँदै आएको छ । सरकारले वैशाख ३१ र जेठ ३१ मा स्थानीय निर्वाचन गर्ने घोषणा गरेको छ ।

बैठकमा आगामी आर्थिक बर्षका लागि ल्याउने बजेटका बारेमा पनि छलफल हुने बताइएको छ ।

आगामी जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । पहिलो र दोस्रो चरणको निर्वाचनको वीचमा बजेट ल्याउन नदिने एमाले नेताहरुले बताउँदै आएका छन । बजेट ल्याउने मिति सार्न संविधान संशोधन गर्नु पर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्