Logo

क्षत्रीको ‘नमस्ते काठमाडौं’ तयार



काठमाडौं । चलचित्र निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले नयाँ वर्षको अबसर पारेर पाठकलाई यस पटक कथाहरुको सँग्रह ‘नमस्ते काठमाडौं’ पस्कँदैछन् ।

कथा लेखनमा मुलधारमा आफ्नो परिचय बनाई सकेका क्षत्रीले नयाँ कथाहरुलाई सँग्रहको रुपमा पाठकमाझ ल्याउन लागेको बताएका छन् । दुई दशक भन्दा लामो समय देखि  अखबारी पत्रकारितामा सक्रिए क्षत्रीको कथा सम्बन्धि यो पहिलो सँग्रह हो ।

यौन चपेटामा परेर पीडित भएका समाजका विभिन्न बर्गको कारुणिक पीडालाई कथामा बुनिएको पनि क्षत्रीको भनाईछ । यौन पीडामा पिल्सिएर पनि आफ्ना पीडा लुकाएर बाँच्न विवस भएकाहरुलाई सँग्रहका कथाहरुले अन्याय बिरुद्ध लड्न र नयाँ प्राप्ति गर्न हौसला दिने पनि क्षत्रीको भनाई छ ।

प्रकाशनका लागि प्रेसमा गईसकेको यौन बिद्रोहको कथा सँग्रह ‘नमस्ते काठमाडौं’ २० बैशाखबाट पुस्तक पलसमा पाईने पनि कथाकार क्षत्रीले जानकारी गराएका छन् ।

सँग्रहमा १८ ओटा कथा छन् । डिमाई साईजको यो सँग्रह २ सय ४० पृष्ठको रहेको छ ।  यसको मूल्य ३ सय ५० रुपैयाँ रहेको पनि उनले जानकारी गराए । पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो ।  पुस्तकलाई चाँडै नै भव्य समारोहबीच आधिकारिक रुपमा बिमोचन गरिने पनि कथाकार क्षत्रीले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्