Logo

आधा दाह्री भएका युवक



काठमाडौं, १२ बैशाख । पछिल्लो दिनमा दाह्री पाल्ने ट्रेन्ड छ । मानिसहरु अलग-अलग स्टाइलको दाह्री बनाइरहेका छन् । तर एक यस्ता व्यक्ति पनि छन्, जसले दाह्री राखेका छन् पनि छैनन् पनि ।

@pzcoop ट्वीटर हृयाण्डलमा केही दिन लगातार एक पोल भयो, जसमा सोधिएको थियो, के मैले दाह्री पाल्नुपर्छ ? यो पोलको नतिजा बराबरी भयो । मत सर्वेक्षणमा सहभागी आधाले दाह्री राख्नुपर्छ भने भने आधाले पर्दैन ।

@pzcoopले यो पोलको स्क्रीनसटका साथमा आफ्नो एक तस्वीर अपलोड गरे, जसमा उनको अनुहारमा आधा दाह्री काटिएको छ भने आधा काटिएको छैन । यो ट्वीटरमा चर्चाको विषय बन्यो । र, अन्य ट्वीटर प्रयोगकर्ताहरुले पनि आधा दाह्री बनाएर आफ्नो तस्वीर ट्वीट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्