Logo

निर्वाचन अधिकृतको कार्यालय स्थापना



काठमाडौँ, १२ वैशाख । निर्वाचन आयोगले वैशाख ३१ गते पहिलो चरणमा निर्वाचन हुने २६९ स्थानीय तहमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

पहिलो चरणमा निर्वाचन हुने ३, ४ र ६ प्रदेशमा पर्ने ३४ जिल्लाका २६९ स्थानीय तहमा शान्तिपूर्णरूपमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई सञ्चालनमा आएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

दुवै चरणको निर्वाचनका लागि वैशाख ३ गते ७५ जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय भने सञ्चालनमा रहने प्रवक्ता शर्माले स्पष्ट गर्नुभयो । जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुने १, २, ५ र ७ प्रदेशमा पर्ने ४१ जिल्लाका ४०० स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोल्नका लागि पछि सूचना गरिने आयोगले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्