Logo

युक्रेनी राष्ट्रपतिद्वारा चीनसँग सहकार्य गर्न इच्छा व्यक्त



किभ (युक्रेन), १२ वैशाख । युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले आफूले चीनसँग सम्पूर्ण क्षेत्रमा सहकार्य गर्न चाहेको आज बताउनुभएको छ ।

‘हामी किभ र बेइजिङबीच सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत पार्न इच्छुक छौँ’, राष्ट्रपति पोरोसेन्कोले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ ।

चीन–युक्रेनी सांस्कृतिक आदान प्रदान कार्यक्रमका अवसरमा यूक्रेन चीनसँगको सम्वन्धलाई थप मजवुत पार्न आफू चीनसँग सहकार्य गर्न तयार रहेको बताउनुभउको हो ।

उहाँले ‘वन वेल्ट वन रोड’का सम्बन्धमा छलफल हुने कार्यक्रममा आफ्नी धर्मपत्नी सहभागी हुन लागेको जनाउँदै पूर्वीय र पश्चिमा मुलुकबीच सांस्कृतिक सम्बन्धका विषयमा छलफल हुनु आवश्यक रहेको बताउनु भयो । पोरोसेन्कोले ‘वन वेल्ट वन रोड’ विश्वको दिगो विकास, लक्ष्य तथा शान्ति र स्वतन्त्रताका लागि आवश्यक भएको बताउनुभएको छ ।

युक्रेनी सांस्कृतिक आदान प्रदान कार्यक्रम सोमबार सुरु भएको छ भने ‘वन वेल्ट वन रोड’का लागि बेइजिङ सम्मेलन यही मे महिनाको मध्यतिर हुने कार्यक्रम छ । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्