Logo

 राप्रपाको घोषणापत्र : प्रत्येक परिवार एक रोगजारी



काठमाडौं १३ बैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह चुनावका लागि घोषणापत्र आज सार्वजनिक गर्दैछ । राप्रपाले आज राजधानीमा एक कार्यक्रम गरि घोषणापत्र सार्वजनिक गर्न लागेको हो । घोषणापत्रमा प्रत्येक परिवारमा कम्तीमा एक जनालाई रोगजारी दिइने, बेरोजगारहरूका लागि स्वरोजगार कोष स्थापना गरी तालिम, सहुलियत ऋण उपलब्ध गराउने, निर्वाचन सम्पन्न भएको एक महिनाभित्र प्रत्येक परिवारको आर्थिक अवस्था सर्वेक्षण गरी काम सुरु लगायतका कार्यक्रम समेटिएका छन् ।

गाउँ र नगरपालिकाभित्रका प्रत्येक वडामा ५ वर्ष्भित्रमा मोटर बाटो पुरयाउने, प्रत्येक नगरपालिका र नगरउन्मुख गाउँ पालिकाहरूमा योजनाबद्ध सहरी विकास योजना कार्यान्वयन गरिने, नगरपालिकाहरूमा थप गरिएका नयाँ वडाहरूमा समेत समानुपातिक ढंगले विकास कार्यक्रम सञ्चालन गरिने घोषणापत्रमा उल्लेख गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । १७ पृष्ठमा विभिन्न क्षेत्रमा पार्टीले गर्ने विकास, कृषि, वाताबरणका विषय समेटिएको उनले बताए ।

गाउँरनगरपालिकाभित्र २५ जनाभन्दा बढीलाई रोजगारी प्रदान गर्ने, उद्योग तथा व्यवसायलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर मिनाहा गरिने, उपरोक्तबमोजिमका उद्योग व्यवसायलाई जग्गा, बिजुली, पानी र बाटोमा सहुलियत दिइने, कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रीकरणका लागि प्रत्येक गाउँरनगरपालिकाको विशिष्टताको आधारमा कृषि क्षेत्र विकास योजना कार्यान्वयन गरिने, गाउँरनगरपालिकाको सम्भाव्यता अध्ययन गरी एक गाउँरनगर एक उत्पादन अभियान सञ्चालन गरिनेलगायतको योजना छ । कुनै पनि बहानामा बन्द कार्यक्रम नगरिने संकल्प राप्रपाले गरेको छ । उद्यमीहरूलाई स्थानीय कर मिनाहा र अन्य सुविधा दिइने, गाउँरनगरपालिका क्षेत्रमा प्लास्टिकका झोलाहरू प्रयोगलाई पूर्ण रूपमा निषेध गरिनेछ, एक घर दुई बिरुवा अभियान सञ्चालन गरिनेलगायत त्यसमा छ ।



प्रतिक्रिया दिनुहोस्