Logo

पाँच दलको शीर्ष बैठक बालुवाटारमा



काठमाडौं १३ बैशाख । संविधान संशोधन र दोस्रो चरण निर्वाचन मितिमा एमालेले असन्तुष्टि जनाएपछि प्रमुख पाँच राजनीतिक दलहरूले सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक, सदनको सहज सञ्चालन, सरकारले घोषणा गरेको दोस्रो चरणको निर्वाचन र बजेटको विषय हल गर्ने कसरत अगाडि बढाएका हुन् । आज बिहान पनि छलफल हुँदैछ ।

गतिरोध हटाएर अगाडि बढ्ने विषयमा दलहरूबीच मंगलबार भएको छलफलमा नयाँ साझा सहमति जुटाउने गरी छलफललाई निरन्तरता दिने सहमति जुटेको छलफलमा सहभागी नेकपा माआवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफलमा सरकार, मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुलाई बोलाइएको छ । छलफल बिहान १० बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एमालेबीच देखिएको विवाद मध्यमार्गी बाटोबाट साझा प्याकेजमै हल गर्ने गरी सहमति जुटाउने प्रयासमा भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्