Logo

निर्वाचन सफल बनाउन कलाकारको भूमिका : सभापति अधिकारी



पोखरा, १३ वैशाख । व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले आसन्न स्थानीय तहको निर्वाचन सफल बनाउन कलाकारको भूमिका अहम् भएको बताउनुभएको छ ।

प्रगतिशील लोक दोहोरी गीत समन्वय समिति प्रदेश ४ को चुनावी गीत विमोचन कार्यक्रममा मङ्गलबार उहाँले गीतबाट मतदातालाई निर्वाचनको महत्वबोध गराई स्थानीय तहमा योग्य जनप्रतिनिधि निर्वाचित गराउन विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) स्थायी समितिका सदस्य किरण गुरुङले एमालेको समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई मूर्तरुप दिन स्थानीय तहको निर्वाचनमा एमालेले अग्रस्थानको मत पाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा लोक दोहोरी गायक प्रजापति पराजुली, पुरुषोत्तम न्यौपानेलगायत वक्ताले बोल्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्