Logo

द्वैध चरित्र नदेखाउन प्रचण्डलाई ओलीको आग्रह



काठमाडौं, १३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको चर्को आलोचना गरेका छन् ।

पूर्वप्रधानमन्त्री तथा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको १८ औं स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरमा गरेको कार्यक्रममा ओलीले प्रधानमन्त्री दाहालको चरित्र विचित्रको भएको बताएका छन् ।

उनले प्रधानमन्त्री दाहालले पटकपटक बोली फेर्ने गरेको भन्दै द्वैध चरित्र नदेखाउन आग्रह गरे । राजनीतिक सहमतिका लागि एमाले बाधक भएको भन्ने आरोपको खण्डन गर्दै उनले राष्ट्रिय हितमा हुने कुनै पनि विषयमा आफूहरु बाधक नबन्ने स्पष्ट पारे ।

अध्यक्ष ओलीले मनमोहन अधिकारी सामाजिक आन्दोलनका अगुवा र बहुमुखी प्रतिभाका धनी भएको भन्दै नेपाली जनताको पक्षमा उनले पुर्‍याएको योगदानको चर्चा गरे ।

 

 



प्रतिक्रिया दिनुहोस्