Logo

चार दलको शीर्ष नेताको बैठक बिना निश्कर्ष सम्पन्न



काठमाडौं, १३ बैशाख । संविधान संशोधन र स्थानीय निर्वाचनबारे छलफल गर्न बसेको प्रमुख चार दल काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको बैठक बिना निश्कर्ष सम्पन्न भएको छ ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको चार दलको बैठकमा दलहरुवीच कुरा नमिलेपछि बैठक बिना निश्कर्ष सम्पन्न भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए।

बैठकमा स्थानीय तहको संख्या ११ वटा जिल्लामा मात्रै बढाउने कुरामा कुनैपनि सहमति जनाउन नसक्ने अडान एमाले अध्यक्ष ओलीले लिएका थिए ।
बैठकमा चारै वटै दलका अध्यक्षहरु सहभागी थिए ।

मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कुनै सहमति हुन नसकेपछि आजको बैठक बोलाईएको थियो । त्यस्तै बैठकमा अवरुद्ध संसद खुलाउने विषयमा समेत गम्भिर छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्