Logo

ओलीलाई प्रचण्डको चूनौति,‘दुई तिहाईले संशोधन प्रस्ताव पारित गरेर देखाउँछु’



ओलीको जवाफ :म पनि हेर्छु ?

काठमाडौं, १३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच आज चर्काचर्की परेको छ ।

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनको विषयमा सहमति जुटाउन बुधबार विहान व्यवस्थापिका–संसद भवन नयाँ बानेश्वरमा बसेको प्रमुख चार दल काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीवीच चर्काचर्की परेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले अहिले संसदमा दर्ता भएको संशोधन विद्येयक कुृनै पनि हालतमा पारित गराउन नदिने अडान लिए । ओलीले आफ्नो भनाई राख्न नपाउँदै प्रधानमन्त्री दाहालले बिचमै ओलीलाई रोकेर भने,‘तपाई हेर्दै जानुहोला, तपाईले सहयोग नगरेपनि यो प्रस्ताव म दुई तिहाईले पारित गराएर देखाउँछु ।’

प्रचण्ड र ओलीबीच भनाभन भैरहँदा काँग्रेस सभापति शेरबहादुर देउबा र राप्रपा अध्यक्ष कमल थापाबीच हेरेको हेरै भएका थिए । स्रोतका अनुसार एमाले अध्यक्ष अहिले सदनमा दर्ता भएको परिमार्जनसहितको नयाँ संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग सहित वार्तामा प्रस्तुत भैरहेका छन् ।

उनले दुई चरणमा चुनाव गर्ने र स्थानीय तहको संख्या थप्नेकुरामा भन्दापनि संशोधन प्रस्ताव नै राष्ट्रिय हितको विपरित रहेकोले यसलाई फिर्ता लिनुपर्ने उनको अडान छ ।



प्रतिक्रिया दिनुहोस्