Logo

अवरुद्ध संसद खुलाउन सभामुखको पहलमा शीर्ष नेताहरुको बैठक



काठमाडौं, १३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले ल्याएको संविधान संशोधन विद्येयको विरुद्धमा जारी राखेको संसद अवरुद्ध सूचारु गर्नका लागि व्यवस्थापिका–संसदकी सभामुख ओनसरी घर्तीमगरको पहलमा अहिले प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

बुधबार विहान पनि व्यवस्थापिका–संसद भवन परिसरमा प्रमुख चार दलका शीर्ष नेताहरु छलफलमा जुटेका थिए । उनीहरुवीच कुनैपनि ठोस सहमति नभएपछि बैठक बिना निश्कर्ष सम्पन्न भएको थियो ।

अहिलेको बैठकमा सभामुख घर्तीमगर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ्, एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल र राप्रपा अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्