Logo

लैङ्गिक उत्तरदायी पत्रकारिता पुरस्कार नेपाल र थापालाई



काठमाडौं, १३ बैशाख । यस बर्षको लैङ्गिकउत्तरदायी पत्रकारिता पुरस्कार दुई जनालाई प्रदान गरिएको छ । मिडिया एड्भोकेसी र युएन वीमेनले सयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा लेखन सामाग्री तर्फ जनक नेपालको ‘नेपाल साप्ताहिक’मा छापिएको ‘आगो सहनेहरु’ लेखलाई पुरस्कृत गरिएको छ भने फोटो पत्रकारिता तर्फ गोरखापत्रकी कविता थापालाई पुरस्कृत गरिएको छ ।

सुचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले पुरस्कार प्रदान गरेका थिए । पुरस्कृत हुनेलाई जनही २५ हजार नगत राशी प्रदान गरिएको थियो । कार्यक्रममा सञ्चार मन्त्री कार्कीले महिलाको आवाजलाई माथी ल्याउन मिडियाको महत्वपुर्ण भुमिका रहने धारण व्यक्त गरेका थिए ।

पत्रकार महासघंका अध्यक्ष डा. महेन्द्र विष्टले महिला फोटो पत्रकारहरुको क्षमता अभिवृद्धी गराउन उनीहरुलाई प्रोत्साहीत गराउन पहल गरिने बताए ।

 



प्रतिक्रिया दिनुहोस्