Logo

आजै साँझ पूनः बस्नेगरि प्रमुख दलको बैठक सम्पन्न



काठमाडौं, १३ बैशाख । सभामुख ओनसरी घर्तीमगरको पहलमा बसेको प्रमुख दलहरुको शीर्ष नेता सम्मिलित बैठक आजै साँझसम्म पूनः एक पटक बस्नेगरि सम्पन्न भएको छ ।

तराई–मधेशका ११ जिल्लामा स्थानीय तहको संख्या थप गर्ने विषयलाई लिएर सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलवीच मत मतान्तर देखिएको छ ।
सरकारले गरेको परिपत्रमा एमाले आक्रमक देखिएको छ। उसले उपप्रधान तथा संघीय मामिला मन्त्री कमल थापाको जवाफका बावजुद दोश्रो दिनपनि संसद बैठकमा अवरोध गरिरहेको छ।

जारी संसद अवरुद्ध खुलाउनको लागि बसेको शीर्ष नेताहरुको बैठक आजमात्रैपनि दुई पटक सम्म बसिकेको छ । विहान संसद बैठक बस्नुअघि बसेको शीर्ष नेताहरुको बैठकमा पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीवीच भनाभन भएको थियो ।

आज साँझ ५ बजे बसेको बैठकमा एमालेले आफ्नो पूर्ववर्ती अडान कायमै राखेको कारण सहमति हुन सकेको छैन । एमाले प्रमुख सचेतक भानुभक्त ढकालका अनुसार स्थानीय तहको संख्या बढाउने विषयमा आफ्नो पार्टीले कुनै सहमति नजनाउने धारणा आजको बैठकमा राखेको छ ।

उनका अनुसार बैठक आजै साँझसम्म पूनः एकपटक बस्नेगरि सम्पन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस्