Logo

मातातीर्थ औँसीमा पत्रकार धमला बृद्धाआश्रममा



काठमाडौँ, १३ वैशाख । मातातीर्थ औँसीका अवसरमा आज रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले काठमाडौंको पशुपतिनाथमा रहेको एक वृद्धाआश्रममा पुगेर त्यहाँ रहेका आमालाई सम्मान गर्दै मीठा–मीठा खानेकुराहरु फलफुल तथा कपडाहरु दिई मुख हेरी मनाएका छन् ।

आजको दिन पत्रकार धमलाले काठमाडौंको पशुपतिनाथ परिसरमा रहेका बृद्धाआश्रममा पुगेर आमाहरुलाई मिठो मिठो खानेकुराहरु दिएर मनाएको सुनाए । जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम् पर्व मानिन्छ । त्यही भएर आफूपनि वृद्धाआश्रममा पुगेको उनले जानकारी दिए ।

वृद्धाहरुले भने धमलालाई आर्शिवाद दिएका थिए । अधिकाशं वृद्धाहरुले भन्दै थिए,‘हाम्रा आफन्तहरु कोही पनि आएनन्, तर तपाई आउनुभयो, हामी निकै खुशी छौं, तपाईलाई हाम्रो आर्शिवाद छ।’

प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन नौ महिनासम्म आफ्नो गर्भमा राखेर जन्म दिएकी आमा जीवित भएमा मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत भए उहाँको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी स्मरण गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्