Logo

काठमाडौँ महानगरपालिकामा एमालेको ‘प्रमुख र उपप्रमुख सिफारिस’



काठमाडाँै, १३ वैशाख । नेकपा (एमाले) ले आसन्न स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगरपालिकासहित १० नगरपालिकाबाट प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम सिफारिस गरेको छ ।

एमाले काठमाडौँ जिल्ला सङ्गठन कमिटीले महानगरपालिकासहित १० नगरपालिकाका दुईदेखि पाँच जना उम्मेदवारको नाम प्रमुख र उपप्रमुखमा सिफारिस गरेको प्रचार विभाग प्रमुख दिपक निरौलाले जानकारी गराउनुभयो । उहाँले नगर कमिटीबाट आएका नामलाई प्रदेश कमिटीमा सिफारिस गरिएको बताउनु भयो ।

कीर्तिपुर र चन्द्रागिरिमा मात्र सर्वसम्मत रुपमा प्रमुख र उपप्रमुखको नाम सिफारिसमा गरिएको छ ।

उहाँका अनुसार कामपाको प्रमुखमा जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्य, विदुर मैनाली, वसन्त मानन्धर र कल्पना रिजाललाई सिफारिस गरिएको छ । त्यस्तै उपप्रमुखमा विद्या न्यौपाने, शान्ति अधिकारी, सुजिता शाक्य, रत्ना गुरुङ र श्याम भण्डारीलाई सिफारिस गरिएको छ ।

जिल्ला कमिटीले पठाएको नामको आधारमा प्रदेश कमिटीले अनुमोदन गरेपनि महानगरपालिकाको उम्मेदवारको अन्तिम निर्णय भने स्थायी कमिटीले गर्ने छ ।

यस्तै कीर्तिपुर नपाको प्रमुखमा रमेशमान महर्जन र उपप्रमुखमा सरस्वती खड्का तथा चन्द्रागिरि नपाको प्रमुखमा प्रह्लाद कार्की र उपप्रमुखमा लिसा नकर्मीलाई सर्वसम्मत सिफारिस गरिएको छ ।

त्यस्तै शङ्खरापुर नपाको प्रमुखमा सुर्वण श्रेष्ठ र शम्भुप्रसाद दुलाल तथा उपप्रमुखमा मुना अधिकारी, शुभलक्ष्मी श्रेष्ठ र लक्ष्मी केसी, कागेश्वरी नपाको प्रमुखमा मणिराज फुयाँल, रामशरण ढुङ्गाना र शारदा ढुङ्गेल तथा उपप्रमुखमा बिन्दु सिङ्खडा, शान्ता थापा र होमनाथ आचार्यलाई सिफारिस गरिएको छ ।

यसैगरी गोर्कणेश्वर नपाको प्रमुखमा पुण्यप्रसाद चौलागाई र गोपाल बराल तथा उपप्रमुखमा कल्पना राजचल, तारा पुडासैनी र शान्ति श्रेष्ठ, बूढानीलकण्ठ नपाको प्रमुखमा उदय खरेल र मीठाराम अधिकारी तथा उपप्रमुखमा विन्दा गौतम, रमा राई र देवी रेग्मी, टोखा नपाको प्रमुखमा नारायणभाई श्रेष्ठ र प्रकाश अधिकारी तथा उपप्रमुखमा ज्ञानमाया डङ्गोल, कविता घिमिरे र जमुना गिरीलाई सिफारिस गरिएको छ ।

यस्तै तारकेश्वर नपाको प्रमुखमा श्याम घिमिरे र रामेश्वर बोहरा तथा उपप्रमुखमा भानु डोटेल, सावित्री शर्मा र बत्तीस महर्जन, नागार्जुन नपाको प्रमुखमा प्रकाश श्रेष्ठ, कृष्णहरि खत्री र देवकी भट्टराई तथा उपप्रमुखमा सानुमैया खड्का, सुशिला अधिकारी र उमेश कार्कीलाई सिफारिस गरिएको छ ।

यस्तै जिल्ला कमिटीले कामपाका ३२ वटै वडाका वडाध्यक्षको नामसमेत सिफारिस गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्