Logo

मन्त्री जोशीद्वारा नवनिर्वाचित पदाधिकारीको स्वागत



काठमाडौँ, १३ वैशाख । अनुकुल औद्योगिक वातावरण बनाउन नीतिगत सुधारमा लागेको उद्योग मन्त्रालयले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीहरुको स्वागतका लागि मन्त्रालयले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नवीन्द्रराज जोशीले उद्योग प्रशासनको सेवालाई छिटो छरितो र पारदर्शी बनाउन औद्योगीकरण सहजीकरण समिति गठन गर्न लागिएको जानकारी गराउनुभयो ।

“आर्थिक समृद्धि अहिले सबै राजनीतिक दलको मुख्य प्राथमिकतामा छ, यसले लगानीको वातावरण बनाएको सङ्केत गर्छ, समग्र आर्थिक विकासका लागि सरकार निजी क्षेत्रसँगसँगै हिँड्न तयार छ” उहाँले भन्नुभयो ।

मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले उद्योग प्रशासन अहिले निजी क्षेत्र मैत्री रहेको भन्दै राष्ट्रको समृद्धि बढाउने कुरामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

महासङ्घकी अध्यक्ष भवानी राणाले मन्त्रालयको पछिल्लो काम कारवाहीले मुलुकमा औद्यौगिक वातावरण बन्दै गएको बताउनु हुँदै विकास र समृद्धिको मुद्दामा सरकारसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्