Logo

११ जिल्लामा गरिएको परिपत्र फिर्ता लिएसँगै संसद् बैठक सुरु



काठमाडौँ, १३ वैशाख । व्यवस्थापिका–संसद्को बैठक पुनः सुरु भएको छ ।  दिउँसो ३ः०० बजे बस्ने गरी स्थगित भएको यो बैठक लामो छलफल पछि ११ जिल्लामा स्थानीय तह थप्न सम्बन्धित जिल्लामा पठाएको प्रस्तावलाई सरकारले फिर्ता लिएपछि फेरि बसेको हो । रासस

स्थानीय तह पुनरावलोकनको परिपत्र फिर्ता

सरकारले स्थानीय तह पुनरावलोकनका लागि ११ जिल्लामा गरिएको परिपत्र फिर्ता लिएसँगै व्यवस्थापिका संसदको अवरोध हटेको छ ।  सरकारले तराई मधेसका ११ जिल्लामा मात्र स्थानीय तहको संख्या बढाउने गरी परिपत्र गरेपछि प्रमुख विपक्षी दल नेकपा एमालेलेसंसद अवरुद्ध परेको थियो । जारी संसदको अवरोध हटेको छ र संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस्