Logo

सरकार एमाले सहमतिले राजपा नेपाल विच्कियो, आन्दोलनको चेतावनी



काठमाडौं १४ बैशाख । मधेसी दलले सत्ता घटक र प्रमुख प्रतिपक्षी एमालेबीच स्थानीय तहको संख्या तत्काल नथप्ने भनी भएको सहमतिको विरोध गर्दै फेरि आन्दोलनमा जाने चेतावनी दिएको छ । सत्ताघटक र एमालेबीच भएको सहमतिपछि अवरुद्ध संसद बुधबार साँझदेखि खुले पनि त्यही कारण मधेसी दल असन्तुष्ट भएका हुन् ।

राजपा नेता राजेन्द्र महतोले सरकारले भद्र सहमति तोडेको आरोप लगाउँदै अब यसको परिणाम गम्भीर हुने चेतावनी दिए । ‘हामी आन्दोलनकारी पक्ष हौं, हामीसँग सरकारले राज्य पक्षबाट ११ जिल्लामा जनसंख्याको अनुपातमा स्थानीय तह बढाउने सम्झौता गरिसकेको छ,’ महतोले भने, ‘तर सहमति लागू हुन नपाउँदै सरकार पछि हट्छ भने यसको परिणाम गम्भीर हुन्छ । हामी तुरुन्तै बसेर आवश्यक निर्णय गर्छौं ।’

राजपाका अर्का नेता शरतसिंह भण्डारीले सरकारले पूर्वसहमति तोडेको आरोप लगाउँदै अब आन्दोलन घोषणा हुने चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्