Logo

दुई जिल्लामा दुबै चरणमा निर्वाचन



काठमाडौं १४ बैशाख । नवलपरासी र रुकुम जिल्लामा दुई/दुई चरणमा चुनाव हुने भएको छ । स्थानीय चुनाव प्रयोजनका लागि सरकारले ती दुई जिल्लाको केही ठाउँ हेरफेरसहित कुन–कुन भाग कुन प्रदेशमा पर्ने भन्ने विषय टुंग्याएको छ ।

यी दुई जिल्लाका ४ र ६ नम्बर प्रदेशमा पर्ने गाउँपालिका र नगरपालिकामा पहिलो चरणमा वैशाख ३१ मा र ५ नम्बर प्रदेशमा पर्ने गाउँ पालिका र नगरपालिकामा दोस्रो चरणमा जेठ ३१ मा निर्वाचन हुनेछ ।

संविधानले नवलपरासीलाई टुक्र्याएर प्रदेश नम्बर ४ र ५ तथा रुकुमलाई प्रदेश नम्बर ५ र ६ मा राखेको छ । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले ती दुई जिल्लाका केही ठाउँ हेरफेर गरी कुन–कुन गाउँपालिका वा नगरपालिका प्रदेश नम्बर ४, ५ र ६ मा पर्‍यो भन्ने सीमाना स्पष्ट पारिएको बताए । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम